General News

त्यो प्राङ्क थियो

अभिनेत्री केकी अधिकारीले एउटै सटमा आफू तथा अभिनेत्री ऋचा शर्मालाई अभिनय नगराउन गरेको आग्रहपछि तनाबमा आएका निर्देशक विशाल भण्डारीको त्यति बेलाको अवस्थाका बारेमा अभिनेत्री ऋचा शर्माले एउटा रमाइलो खुलासा गरेकी छिन् ।

दुई साताअघि साप्ताहिकमा एउटा सामग्री प्रकाशित भएको थियो, जसमा केकीले ऋचासँग चित्त दुखाएपछि निर्देशक तनावमा परेको प्रसंग उल्लेख थियो । केकीकै सल्लाहमा ऋचाले केकीको कुरामा चित्त दुखाए जस्तो गरेर निर्देशक भण्डारीलाई प्रयांक गरेको रमाइलो प्रसंगको खुलासा गरेकी हुन् । अभिनेत्री शर्माका अनुसार उक्त दिन एउटै परिस्थितिमा दुईवटा प्रयांक गरिएको थियो ।

ऋचासँग निर्देशकलाई प्रयांक गर्ने योजना बन्ने बित्तिकै केकीले निर्देशकसंग मिलेर अर्को प्रयांक गर्ने योजना बनाइन्, जसका बारेमा ऋचालाई जानकारी थियो तर ऋचालाई जानकारी छ भन्ने कुरामा भने निर्देशक भण्डारी अनभिज्ञ थिए ।

अभिनेत्री शर्माका अनुसार नाइट सिफ्टको छायांकन प्रारम्भ हुनुभन्दा केही मिनेटअघि उनले केकीसँग निर्देशकलाई प्रयांक गर्ने सल्लाह गरेकी थिइन् जस अनुसार ऋचाले ‘लाउड’ अभिनय गर्ने, केकीले त्यसमा चित्त दुखाएर निर्देशकसँग गुनासो गर्ने अनि गुनासो गरेको थाहा पाएपछि ऋचाले चित्त दुखाएर छायांकनमै सहभागी नहुने धम्की दिने योजना बन्यो ।

योजनाअनुसार ऋचा र केकीले केही क्षणका लागि बोलचाल बन्द गरेपछि स्थिति वास्तवमै गम्भीर भयो । ऋचा र केकीको सम्बन्ध साँच्चिकै बिग्रने भयो भन्ने भएपछि निर्देशकले केकीलाई मनाउने प्रयास गरे । केकी मानेपछि उनी ऋचालाई मनाउन थाले । अनुनय–विनय गरेर थाकेका निर्देशकलाई अब सताउनु हुँदैन भन्ने निष्कर्षमा पुगेपछि दुबै अभिनेत्रीले चिच्याएर ‘प्रयांक’ भनेपछि मात्र छायांकनस्थलको वातावरण सामान्य भएको ऋचाले उल्लेख गरेकी छिन् ।